पौष २०, काठमाडौं ।
नेपाल वार एशोसिएसनका पुर्व उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई कोरोना संक्रमित भएका छन् ।
उनमा दुई दिन अघि आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो ।
सामान्य ज्वरो तथा रुघाखोकी लागेर गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएको परिवार स्रोतले जनायो ।
हाल उनी होम आइसोलेसनमा रहेका छन् भने उनको स्वास्थ्य अवस्था सामान्य छ ।
पाँच दिन अघि उनको सम्पर्कमा आएका सबैलाई सचेत रहन पनि भट्टराईले आग्रह गरेका छन् ।