बढ्यो एमबिबिएस अध्ययन शुल्क, साविकमा ३.६ प्रतिशतले वृद्धि

बढ्यो एमबिबिएस अध्ययन शुल्क, साविकमा ३.६ प्रतिशतले वृद्धि

२०७९, जेठ १८ बुधवार

  • 1.3K
    SHARES

  • बढ्यो एमबिबिएस अध्ययन शुल्क, साविकमा ३.६ प्रतिशतले वृद्धि

    काठमाडौँ। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८-७९ का लागि चिकित्सा शिक्षाका विभिन्न विषयको शुल्क वृद्धि गरेको छ ।

    मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सदस्य सचिव डा. भोजराज काफ्लेले जानकारी दिए ।

    गत सालको समग्र मूल्य वृद्धिलाई आधार मानेर शुल्क निर्धारण गरिएको सदस्य सचिव डा. काफ्लेले बताए ।

    शैक्षिक सत्र २०७७–७८ मा आयोगले एमबिबिएस अध्ययनका लागि उपत्यकाभित्रका मेडिकल कलेजमा ४० लाख २३ हजार २५० रुपैयाँ शुल्क तोकेको थियो ।

    तर चालु शैक्षिक सत्रमा ४१ लाख ६८ हजार ८७ रुपैयाँ पुगेको छ । उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीबएस अध्ययनको शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँबाट बढेर ४५ लाख ९५ हजार ७२१ रुपैयाँ पुगेको छ ।

    त्यस्तै बीडीएसका लागि गत शैक्षिक सत्रमा २० लाख १९ हजार ५८० शुल्क तोकिएकोमा यो शैक्षिक सत्रमा बढेर २० लाख ९२ हजार २८४ पुगेको छ । बीएससी नर्सिङ कार्यक्रमको लागि गत शैक्षिक सत्रमा विद्यार्थीले १० लाख शुल्क तोकिएकोमा यस वर्ष बढेर १० लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

    २०७९, जेठ १८ बुधवार०८:०३:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार