उपत्यकाको बागबजार, डिल्लीबजार, बुढानीलकण्ठ र सानेपाको पानीमा हैजाको जीवाणु भेटियो

उपत्यकाको बागबजार, डिल्लीबजार, बुढानीलकण्ठ र सानेपाको पानीमा हैजाको जीवाणु भेटियो

२०७९, आषाढ १४ मंगलवार

  • 1.2K
    SHARES

  • उपत्यकाको बागबजार, डिल्लीबजार, बुढानीलकण्ठ र सानेपाको पानीमा हैजाको जीवाणु भेटियो

    काठमाडौं । काठमाडौं उपत्यकाको चार ठाउँको पानीमा हैजाको जीवाणु भेटिएको छ। बागबजार, डिल्लीबजार, बुढानीलकण्ठ र सानेपामा धारा, इनार, ट्याङ्कर, जार र बोतलको पानीको नमुना परीक्षणमा हैजाका जीवाणु भेटिएको हो।

    सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे भएको छलफलमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले ती स्थानमा हैजाका जीवाणु भेटिएको जानकारी दिएका छन ।

    बागबजार, डिल्लीबजार, बुढानीलकण्ठ र सानेपा गरिएको नमुना परीक्षणमा अधिकांश नमुनामा हैजा फैलाउन सक्ने जीवाणु भेटिएको जानकारी दिदै निर्देशक डा. दासले बल्खु र कोटेश्वरको पनि नमुना लिएको तर रिपोर्ट आइनसकेको बताएका थिए।

    ‘काठमाडौंमा वितरीत १५ प्रतिशत जारको पानी पनि प्रदूषित पाइएको छ,’ निर्देशक दासले भने, ‘बुढानीलकण्ठ नगरपालिकाले गरेको नमुना परीक्षणका क्रममा ७२ प्रतिशत पानी प्रदूषित देखिएको छ।’

    दासले हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताएका छन्।

    उनलेले हालसम्म नेपालमा १२ जनामा हैजाको जीवाणु देखिएको र ८ जना निको भएर घर फर्किसकेको बताए। डा दासका अनुसार संक्रमितमध्ये आठ जना पुरुष र चार जना महिला छन्। यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो।

    २०७९, आषाढ १४ मंगलवार०९:१७:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार