काठमाडौँ उपत्यकामा १४ जनामा हैजा संक्रमण , सतर्क रहन सरकारको आग्रह 

काठमाडौँ उपत्यकामा १४ जनामा हैजा संक्रमण , सतर्क रहन सरकारको आग्रह 

२०७९, आषाढ १५ बुधवार

  • 1.4K
    SHARES

  • काठमाडौँ उपत्यकामा १४ जनामा हैजा संक्रमण , सतर्क रहन सरकारको आग्रह 

    काठमाडौँ । काठमाडौँ उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा असार २ देखि आजसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्राले आज नियमित प्रेस ब्रिफिङका क्रममा झाडापखालाका बिरामीहरुमा स्टुल कल्चर, आरडीटी र ह्याङ्गि ड्रप परीक्षण गर्दा १४ जनामा हैजा संक्रमण पुष्टि भएको यस्तो जनाकारी दिएकी हुन् ।

    ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाइ जिवाणु भेटिएको छ ।

    हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

     

    २०७९, आषाढ १५ बुधवार०५:०७:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार