बालबालिकालाई लगाइने २३ लाख मात्रा खोप आयो

बालबालिकालाई लगाइने २३ लाख मात्रा खोप आयो

२०७९, आषाढ २० सोमवार

  • 933
    SHARES

  • बालबालिकालाई लगाइने २३ लाख मात्रा खोप आयो

    काठमाडौँ । बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको आज करिब २३  लाख मात्रा नेपाल आइपुगेको छ । 

    कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।  

    उनका अनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो । उक्त खोप ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लगाइने छ । 

    आज प्राप्त भएको खोप यसअघि असार ९ देखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा खोप लगाइने छ । 

    यसअघि बालबालिकालाई लगाइने खोप २२ लाख तीन हजार २०० मात्रा आएको थियो । सरकारले ५  देखि १२ वर्षमुनिका ३९ लाख बालबालिकालाई दुई चरणमा खोप लगाइरहेको छ ।

    पहिलो चरणमा २७ जिल्लामा यही असार ९ देखि १५ गतेसम्म बालबालिकालाई विद्यालयमा गएर खोप प्रदान गरिएको थियो । सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ । 

    यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ । 

    २०७९, आषाढ २० सोमवार०७:३९:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार