काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।
शनिवार बिहान परीक्षण गर्दा कोइरालामा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
उनका अनुसार नेता कोइरालालाई शनिवार बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो ।
अहिले नेता कोराइलाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशन शै्ययामा भइरहेको छ ।