एकैदिन ९३४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

एकैदिन ९३४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

२०७९, श्रावण २३ सोमवार

  • 1.3K
    SHARES

  • एकैदिन ९३४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७२ पुगेको छ।

    सोमबार ४७० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ६८६ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    गत २४ घण्टामा देशभर २ हजार ८६२ पीसीआर तथा २ हजार ४८९ एन्टिजेन परीक्षण भएको छ।

    २०७९, श्रावण २३ सोमवार०३:३८:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार