कांग्रेस वरिष्ठ नेता सिटौलालाई कोरोना संक्रमण

कांग्रेस वरिष्ठ नेता सिटौलालाई कोरोना संक्रमण

२०७९, भाद्र ८ बुधवार

  • 1.2K
    SHARES

  • कांग्रेस वरिष्ठ नेता सिटौलालाई कोरोना संक्रमण

    काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्यमा केही समस्या देखिएपछि हिजो ‌(मङ्गलवार) हेम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।

    उनी अहिले निवासमै आइसोलेसनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

    सिटौला सत्तागठबन्धनले निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनाएको समितिको संयोजक हुन् ।

    २०७९, भाद्र ८ बुधवार११:११:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार