डेङ्गुका बिरामी १३ हजार नाघे

डेङ्गुका बिरामी १३ हजार नाघे

२०७९, आश्विन १ शनिवार

  • 2.1K
    SHARES

  • डेङ्गुका बिरामी १३ हजार नाघे

    काठमाडौँ । नेपालमा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार सात जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । 

    डेङ्गुबाट सबैभन्दा बढी ललितपुरमा चार हजार ९८, काठमाडौँमा  तीन हजार ५२ र मकवानपुरमा एक हजार चार सय २२ जना सङ्क्रमित छन् ।

    यस्तै रुपन्देहीमा छ सय ४१, भक्तपुरमा चार सय ८२, दाङ्मा तीन सय ७८, चितवनमा तीन सय ४३, धादिङ एक सय ४५, काभ्रेपलाञ्चोकमा एक सय ३४ र दार्चुलामा एक सय २१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । 

    डेङ्गुका बिरामी सबैभन्दा बढी बागमती प्रदेशमा नौ हजार नौ सय ७१ जना रहेका छन् । हालसम्म डेङ्गुको सङ्क्रमणबाट १३ जनाको निधन भइसकेको छ ।

    विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने, सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गर्छ ।  

    २०७९, आश्विन १ शनिवार०८:४७:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार