बौद्ध । काठमाडौं महानगरपालिका ६ नं वडा महाँकाल पानीट्यांकी श्री गंगेश्वर शिवपाञ्चायन मन्दिर परिसरमा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शनिवार एलिस डेन्टल केयर प्रालिसँगको सहकार्यमा शिविर सम्पन्न भएको हो ।

मुखको संवेदनशिलतालाई बुझ्दै १४० जना व्यक्तिहरु लाभान्वित भएका मन्दिर व्यवस्थापन समिति अध्यक्ष तथा शिविर आयोजक डा रमेश न्यौपानेले बताए ।
नेपालीहरुको महान चाड दशैँ आइरहेको र दशैँमा अन्धाधुन्द तरिकाले माछा मासु तथा खानपान ग्रहण गर्दा हुने बेफाइदा समेत बताउन सकियोस भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको डा न्यौपानेको भनाई छ ।

दन्त परिक्षणका लागि उल्लेख्य महिला तथा बालबालिकाहरु उत्साहित भई सहभागि भएका थिए ।
