डा रविन्द्र पाण्डे डेंगी संक्रमित

डा रविन्द्र पाण्डे डेंगी संक्रमित

२०७९, आश्विन १५ शनिवार

  • 1.1K
    SHARES

  • डा रविन्द्र पाण्डे डेंगी संक्रमित

    काठमाडौं । वरिष्ठ डाक्टर रविन्द्र पाण्डे डेंगी संक्रमित भएका छन् । 

    उच्च ज्वरो तथा टाउको दुख्ने लगाएत अत्यधिक पिडा बढ्दै गएपछि तेस्रो पटकको टेष्टमा डेंगी देखिएको डा पाण्डेले बताएका छन् ।

    डेंगी पुष्टि भएपछि अहिलेको दशैँ पिडैपिडामा बित्ने भयो भन्दै डाक्टरले गुनासो समेत गरेका छन् । 

    केही दिन अगाडी मात्र पाण्डेले सरकारलाई १०१ वटा काममा १०० वटा काम छाडेर मात्र एउटा कर्म डेंगी नियन्त्रणमा लाग्न सुझाव दिए पनि स्थानिय सरकार काठमाडौं महानगरपालिका, प्रदेश र केन्द्र सरकारले वास्तै गरेन । 

    जनता डेंगी लागेर घरघरमा सुत्दा समेत काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सस्तो लोकप्रियताका लागि डोजर लिएर जनताका घरआँगन कोतर्न हिँडेको भनेर व्यापक गुनासो आए पनि मेयर शाहले समेत न्युनतम आवश्यकताको विषय र स्वास्थ्य संवेदनशिलताका विषयलाई भुल्नाले यस्तो भयावह अवस्था आईपरेको विश्लेषकको गुनासो छ । 

    यता कोरोना महामारी चल्दा सुरक्षित हुने उपाय एवं मनोबल बढ्ने टिप्स मार्फत ठूलो संख्यामा मानिसलाई बचाउन सफल डाक्टर भनेर पाण्डे परिचित छन् ।

    २०७९, आश्विन १५ शनिवार०५:५९:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार