सांसद हुनु त दुलाल जस्तो भनेपछि ........

सांसद हुनु त दुलाल जस्तो भनेपछि ........

२०७९, आश्विन २५ मंगलवार

  • 1.4K
    SHARES

  • सांसद हुनु त दुलाल जस्तो भनेपछि ........

    काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि मनोनयन प्रक्रिया समाप्त भएसँगै सम्भावित उमेदवारका वारेमा चर्चापरिचर्चा पनि बढ्न थालेको छ । 

    प्रविधिको तिव्र गतिको विस्तार सँगै जनताले आफ्ना क्षेत्रका उमेदवारका बायोडाटा हातहातमै राखेर बसेका छन् । अघिल्लो चुनाव सम्म उमेदवारका बारेमा जानकारी लिन पर्चा, पम्प्लेट र हाते पुस्तिका नै खोज्दै हिड्नु पर्ने अवस्था थियो । 

    तर, समयको गति सँगै इन्टरनेटको प्रयोगबाट मानिसका हरेक गतिविधि क्षणभरमै सार्वजनिक हुँदा दुरदराजका मानिसले पनि तत्कालै थाहा पाउने अवस्था बनेको छ । 

    यस्तैमा सोमवार काठमाडौंको संखमूल स्थित एक पार्टी प्यालेस भित्र नेकपा एमालेको निर्वाचन परिचालन भेला चलिरहँदा यता पार्टी प्यालेस बाहिर भने अनौठो दृश्य देखिन्थ्यो । एकहातमा नाम्लो, कम्मरमा डोरी, अर्को हातमा स्मार्ट फोन बोकेका करिव १० जना जति वृद्धहरु गेटमा निवर्तमान सांसद गणेश प्रसाद दुलाललाई कुरिबसेका थिए ।

    दिनभरि भारी बोकेर गुजारा चलाउने आफ्नो पेशा भए पनि काठमाडौं बानेश्वर आसपासका क्षेत्रमा भएका विकासका कामको चर्चा सुनेर दुलालसँग एक पोज फोटो खिचाएर मात्र जाने अडानमा उनीहरु देखिन्थे ।

    कोरोना महामारीका समयमा होस् या अन्य आवश्यक पर्दा फुर्तिलो लवजमा जनताका घरदैलामा आइपुग्ने उनको स्वभावका कारण देशकै उदाहरणीय सांसदलाई भेट्न पाउनु आफ्नो भाग्य भएको बृद्धहरुले बताए ।

    उनीहरु थप्दै थिए, 'सांसद हुनु त दुलाल जस्तो' । यस्ता गतिशिल र विकासप्रेमी सांसद देशभर ५० जना मात्रै भए पनि देशले काँचुली नै फेर्थ्यो मोहन कुमार श्रेष्ठ नाम गरेका बृद्धले भनेका थिए । 

    २०७९, आश्विन २५ मंगलवार०८:४८:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार