बेइजिङमा मात्रै दश लाखलाई कोरोनाको खोप

बेइजिङमा मात्रै दश लाखलाई कोरोनाको खोप

२०७७, पौष २८ मंगलवार

  • 2.1K
    SHARES

  • बेइजिङमा मात्रै दश लाखलाई कोरोनाको खोप

    पौष २८, बेइजिङ ।

    चीनको राजधानी बेइजिङ्मा मात्रै दश लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइएको छ । 

    उनीहरु सवैलाई पहिलो चरणको खोप दिइएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । अहिलेसम्म विकास भएका कोरोनाका खोप हरेक व्यक्तिले दुई चरणमा लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

    कोरोनाभाइरसको उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिएर अहिले उनीहरूलाई मात्रै खोप लगाइएको पनि महानगर स्वास्थ्य आयोगले जनाएको छ । 

    आयोगका उप निर्देशक गोओ जियनले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप पनि लगाउने तयारी भइरहेको छ ।

    कोरोना विरुद्धको खोप लगाउदा पहिलो चरणको खोप लगाएको २१ दिनमा दोस्रो चरणको खोप लगाउन पर्ने सिफारिस चिकित्सकहरूको छ । 

    स्वास्थ्य सेवा, घरेलु यातायातलगायतका सेवामा अग्रपङ्तिमा रहेर काम गरिरहेकाहरूलाई प्राथमिकतामा राखेर खोप दिइएको हो ।

    फेब्रुअरी १२ मा चिनियाँहरूको महत्वपूर्ण पर्व ‘स्प्रिङ फेस्टिवल’ पर्ने भएकाले त्यस अगाडि नै खोप लगाउने अभियान सम्पन्न गर्ने महानगरका अधिकारीहरुको तयारी छ ।- एजेन्सी । 

    २०७७, पौष २८ मंगलवार०७:२३:१६
    प्रतिक्रिया
    सम्बन्धित समाचार