कास्की २ मा एमालेकी विद्या भट्टराई निर्वाचित

कास्की २ मा एमालेकी विद्या भट्टराई निर्वाचित

२०७९, मंसिर ८ बिहिवार

  • 981
    SHARES

  • कास्की २ मा एमालेकी विद्या भट्टराई निर्वाचित

    काठमाडौँ । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार ९ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छन् ।

    उनका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरेका छन् । भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा पारेकी हुन् ।

    यसैगरी गठबन्धनका उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का श्रीनाथ बरालले भने ९ हजार छ सय ५९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे । सो क्षेत्रमा ७९ हजार एक सय मतदाता रहेकामा ४९ हजार नौ सय २० मत खसेको थियो ।

    २०७९, मंसिर ८ बिहिवार०७:२७:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार