चन्द्रगढी । नेपाल परिवार नियोजन संघ झापाको सभापतिमा लोकनाथ भट्टराई निर्वाचित भएका छन् ।
नेपाल परिवार नियोजन संघ झापा शाखाको भद्रपुर स्थित कार्यालयमा सनिवार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी गणेश प्रसाद पोखरेललाई ९३ मतान्तरले हराउँदै भट्टराई दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
अन्तिम मत परिणाम अनुसार भट्टराईले ३१२ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी पोखरेलले २१९ मत प्राप्त गरेका थिए ।
११ सदस्यीय कार्य समितिमा सभापतिको मात्र प्रतिस्पर्धा भएको थियो । समितिको कार्यकाल ३ वर्ष हुनेछ ।
भट्टराई जिल्लाका दर्जनौँ संघसंस्थामा आवद्ध, विकासप्रेमी तथा लोकप्रिय सामाजिक अभियन्ताका रुपमा चिनिन्छन् ।