बागमती प्रदेशमा ६०० जनामा डेंगुको संक्रमण पुष्टि

बागमती प्रदेशमा ६०० जनामा डेंगुको संक्रमण पुष्टि

२०८०, श्रावण १८ बिहिवार

  • 821
    SHARES

  • बागमती प्रदेशमा ६०० जनामा डेंगुको संक्रमण पुष्टि

    काठमाण्डौ । बागमती प्रदेशमा पछिल्लो १५ दिनमा ६०० जनामा डेंगु रोगको संक्रमण पुष्टि भएको छ।

    साउन १ देखि गतेसम्ममा ठूलो संख्यामा डेंगुको संक्रमण पुष्टि भएको हो।  बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशका ८ वटा जिल्लाहरुमा संक्रमितको संख्या बढेको छ। जसमध्ये धादिङमा सबैभन्दा धेरै डेंगु संक्रमित छन्। धादिङमा मात्रै ४३८ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो।

    त्यस्तै काठमाडौंमा १२२, भक्तपुरमा ८, ललितपुर र मकवानपुरमा ९-९, नुवाकोटमा ५, चितवनमा ८ र सिन्धुपाल्चोकमा एक जनालाई डेंगुको सङक्रमण पुष्टि भएको मन्त्रालयको जनाएको छ।

    देशभरसहित यस प्रदेशमा पनि डेंगु सङक्रमणको दर बढेको छ। बागमतीमा प्रदेशमा गत पुस १७ देखि साउन १५ सम्म ९८० जनामा डेंगु सङक्रमण पुष्टि भएको छ।

    २०८०, श्रावण १८ बिहिवार०३:१०:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार