काठमाडौं । वार्षिकोत्सवको अवसर पारेर नेपाल भारत मैत्री अस्पतालले काठमाडौं महानगरपालिकाका वडा नं ७, ८ र ९ का स्थानियबासीलाई बहिरंग सेवा (ओपिडी ) मा शतप्रतिशत छुट दिएको छ ।
अघिल्लो महिना बसेको संस्थाको वार्षिकोत्सवले थप एक महिना अर्थात मंसिर महिनाभर उपचारमा सहुलियत प्रदान गर्ने निर्णय गरेको व्यवस्थापन प्रमूख डा बिकास रौनियारले बताए ।
काठमाडौंको मित्रपार्कमा संचालित अस्पताल अत्याधुनिक प्रविधि र वरिष्ठ चिकित्सकको सेवा मार्फत दिनानुदिन अव्वल दर्जाको अस्पतालको रुपमा दर्ज भएको डा रौनियारको भनाई छ । १ सय बेडको अस्पतालमा २२ वटा विभाग, ९ भेन्टिलेटर र २० आईसियु उपचार क्षमता रहेको छ ।

त्यस्तै बाहिरी आपिडी सेवामा ५० प्रतिशत, प्रयोगशालामा ३० प्रतिशत, भिडियो एक्स रेमा २० प्रतिशत र फार्मेसीमा १२ प्रतिशत छुट प्रदान गरिएको डा रौनियारले बताए ।
नेपाल सरकारको सुविधा प्राप्त मृगौला डायलासिस, फोक्सोको उपचार, ग्याष्ट्रोलोजी, न्युरो सर्जन, अंकोलोजी लगाएतमा विशेष दक्ष प्राप्त चिकित्सकहरुले सेवा प्रदान गरिरहेका अस्पतालले जनाएको छ ।
न्युरो सर्जनमा प्रा डा ध्रुवराज अधिकारीले नेतृत्व गरिरहेका छन् भने मृगौलामा डा.डिएम समिर केसरी बैद्य, ग्याष्ट्रोलोजीमा डा डिएम दिपक पाण्डे, अंकोलोजीमा डा डिएम उज्वल चालिसे लगाएतका वरिष्ठ चिकित्सक रहेका छन् ।