ब्राजिलमा विगत २४ घण्टाभित्र एक हजारभन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु

ब्राजिलमा विगत २४ घण्टाभित्र एक हजारभन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु

२०७७, माघ ५ सोमवार

  • 2.7K
    SHARES

  • ब्राजिलमा विगत २४ घण्टाभित्र एक हजारभन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु

    माघ ५, साओ पाउलो । 

    ब्राजिलमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ५० व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । योसँगै ब्राजिलभरि अहिलेसम्म दुई लाख नौ हजार २९६ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।

    उक्त समयमा देशभर ६१ हजार ५६७ नयाँ व्यक्तिमा कोभिड सङ्क्रमण भएको पुष्टि गरिएको छ । अहिलेसम्म ब्राजिलमा कूल सङ्क्रमित भएकाको सङ्ख्या ८४ लाख ५५ हजार ५९ व्यक्ति कोभिड–१९ सङ्क्रमित बनेका छन् ।

    एमेजनको राजधानी मानौसस्थित अस्पतालहरूमा विरामीको भार बढ्दै गएपछि विहीबारबाट मेडिकल प्रणालीमा नै चुनौती थपिएको छ । उक्त सहरमा अक्सिजनको अभाव भएको बताइएको छ ।

    अस्पतालमा अक्सिजनको अभाव भई विरामीहरूको सेवामा समस्या भएको भन्दै उनीहरूका परिवारका सदस्य तथा आफन्तहरू सडकमा निस्केर अक्सिजन अभावलाई हल गर्न माग गरिरहेका छन् ।

    रक्षा मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी सी–१३० हेर्कुल्समार्फत् १३ ट्याङ्कर अक्सिजन मानौसमा पठाएको जनाएको छ । स्थानीय अस्पतालमा शैया नभएपछि उक्त सहरका विरामीलाई अन्यत्र लाने व्यवस्था भइरहेको पनि बताइएको छ । -एजेन्सी । 

    २०७७, माघ ५ सोमवार०६:३७:०७
    प्रतिक्रिया
    सम्बन्धित समाचार