नेपाल भारत मैत्री अस्पतालमा एकदिने स्वास्थ्य शिविर सम्पन्न, स्वास्थ्य चासोमा वृद्धि

नेपाल भारत मैत्री अस्पतालमा एकदिने स्वास्थ्य शिविर सम्पन्न, स्वास्थ्य चासोमा वृद्धि

२०८०, पौष २९ आइतवार

  • 905
    SHARES

  • नेपाल भारत मैत्री अस्पतालमा एकदिने स्वास्थ्य शिविर सम्पन्न, स्वास्थ्य चासोमा वृद्धि

    काठमाडौं । नेपाल भारत मैत्री अस्पतालले एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

    शनिवार मित्रपार्कस्थित अस्पतालको प्रांगणमा चलेको एकदिने स्वास्थ्य शिविरमा उल्लेख्यले सहभागिता जनाएका छन् । 

    निःशुल्क रुपमा संचालित शिविरमा स्वास्थ्य चासो देखाउँदै रगतमा चिनीको मात्रा, प्रेसर जाँच, मुटु, मिर्गौला, स्त्री जाँच लगाएतका परिक्षण गराउनेहरु अस्पताल पुगेका थिए । त्यस्तै उल्लेख्य मात्रामा रक्तदान पनि भएको थियो ।

    2222.jpg

    शिविरमा उपस्थित भई स्वास्थ्य जाँच गर्नेहरु सबैलाई छुट कार्डको व्यवस्था गरिएको थियो । उक्त कार्ड लिएर आएमा आगामी दिनमा २५ % छुट प्रदान गरिने डाईरेक्टर डा. विकास रौनियारले बताए । 

    दुई देशको नाम जोडेर संचालित अस्पतालले दुवै देशमा पाउन सकिने स्वास्थ्य सेवा नेपाल भारत मैत्री अस्पतालबाट प्राप्त हुनुपर्दछ भन्ने मान्यता आफुहरुको रहेको डा रौनियारले बताए । 

    221.jpg

    अस्पतालले केही दिन अगाडी भारतबाट वरिष्ठ चिकित्सकलाई उपलव्ध गराएर काभ्रेपलाञ्चोकमा एकदिने स्वास्थ्य शिविर समेत सम्पन्न गरिसकेको छ ।

    अस्पतालमा नेपालका नाम चलेका वरिष्ठ चिकित्सकले नै सेवा दिईरहेकामा आफुहरु सन्तुष्ट रहेको स्थानिय राधा पुडासैनीले बताइन् । 

    2224.jpg2223.jpg

    33.jpg2222.jpg

    २०८०, पौष २९ आइतवार०९:१४:२०
    प्रतिक्रिया
    सम्बन्धित समाचार