तनहुँमा लक्ष्यभन्दा १०९ प्रतिशत बढीलाई कोभिड खोप

तनहुँमा लक्ष्यभन्दा १०९ प्रतिशत बढीलाई कोभिड खोप

२०७७, माघ २५ आइतवार

  • 1.6K
    SHARES

  • तनहुँमा लक्ष्यभन्दा १०९ प्रतिशत बढीलाई कोभिड खोप

    माघ २५, तनहुँ । 

    तनहुँमा लक्ष्यभन्दा १०९ प्रतिशत बढीले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार शनिबारसम्म एक हजार ८३० जनाले कोभिडविरुद्धको खोप लगाएका हुन् ।

    कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले एक हजार ६४ महिला र ७६६ पुरुषले कोभिड खोप लगाएको जानकारी दिए । उनका अनुसार खोप अभियानको ११औँ र अन्तिम दिन शनिबार ४७ महिला र २१ पुरुष गरी ६८ जनालाई खोप लगाइएको छ । जिल्लामा एक हजार ६७९ लाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य थियो ।

    यसअवधिमा ६७७ स्वास्थ्यकर्मी, २३८ स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, ३३० महिला स्वास्थ्य स्वयंसेविका, २७ सरसफाइकर्मी, १६ एम्बुलेन्स तथा शववाहन चालक, आठ शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, २५५ वृद्धाश्रममा रहेका व्यक्ति र २७९ जेलमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीलाई खोप लगाइएको छ ।

    “खोप लगाएकालाई सामान्यबाहेक अन्य जटिल लक्षण देखिएको छैन”, अधिकारीले भने । उनका अनुसार खोप लगाएकालाई पुनः चार हप्तापछि अर्को खोप दिइनेछ । 

    कार्यालयका अनुसार व्यास नगरपालिकाका ६४३, म्याग्दे गाउँपालिकाका ६४, ऋषिङ गाउँपालिकाका ६७, शुक्लागण्डकी नगरपालिकाका १८८, भीमाद नगरपालिकाका १२७, घिरिङ गाउँपालिकाका ६०, भानु नगरपालिकाका १३६, बन्दीपुर गाउँपालिकाका १२४, आँबुखैरेनी गाउँपालिकाका ८७ र देवघाट गाउँपालिकाका ३३४ लाई खोप लगाइएको छ । 

    २०७७, माघ २५ आइतवार०८:२४:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार