सुदूरपश्चिममा कोरोनाका १९५ सङ्क्रमित

सुदूरपश्चिममा कोरोनाका १९५ सङ्क्रमित

२०७७, मंसिर १९ शुक्रवार

  • 1.2K
    SHARES

  • सुदूरपश्चिममा कोरोनाका १९५ सङ्क्रमित

    मंसिर १९, दिपायल । 

    सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई दिनमा कोभिड–१९ का शङ्कास्पद ६५४ जनाको नमूना परीक्षण गरिँदा १९५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

    सङ्क्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, बझाङ ,डडेलधुरा, दार्चुला, र डोटी जिल्लाका छन् । दुई दिनमा विभिन्न जिल्लाका शङ्कास्पद ८२५ जनाको नमूना सङ्कलन गरिएको छ ।

    सामाजिक विकास मन्त्रालयका अनुसार दुई दिनयता थपिएका सङ्क्रमित आजसम्म प्रदेशमा कूल सङ्क्रमित ११ हजार ४७२ पुगेका छन् । हालसम्म उपचार व्यवस्थापनपछि नौ हजार ६११ जना डिस्चार्ज भएका छन् । अहिले सम्म ३९ जना सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमित भई होम आइसोलेशनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन ।

    सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमरले कोरोना भाइरसको सङ्क्रमण हुने दरमा कमी नआएको बताए । “जाडो मौसममा ‘भाइरल इम्फेक्शन’ को जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्दै गएको देखिएको छ”, उनले भने, “पछिल्ला दिनमा कोरोना भाइरसका जटिल अवस्थाका र सक्रिय सङ्क्रमित बिरामी भर्ना हुने दर पनि बढ्दो छ ।”

    सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचार कक्षमा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाइ सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

    २०७७, मंसिर १९ शुक्रवार०७:०५:३७
    प्रतिक्रिया
    सम्बन्धित समाचार