काठमाडौं । कोरोना महामारीबाट बच्नका लागि सरकारलाई ५ वटा काम गर्न स्वास्थ्यवीद डा रविन्द्र समिरले सुझाएका छन् ।
एक वर्षको अवधिमा महामारीबाट बच्ने धेरै कुरा नेपालीले सिकेता पनि पर्याप्त नभएको डा समिरको भनाई छ । "सरकार र नागरिकलाई यो स्तरको महामारी पहिलो अनुभव थियो, यो अबधिमा सबैले धेरै कुरा सिकेका छौं, अनुभव हासिल गरेका छौं , त्यहि सिकाइ र अनुभवलाई दोस्रो लहर रोकथामको लागि सरकारले ५ वटा काम युद्धस्तरमा गर्नुपर्दछ," उनले भनेका छन् ।
१. सिमा नाका तथा विमानस्थलमा चेकजांच कडाइ गर्ने, परीक्षण गर्ने, संक्रमित व्यक्तिलाई आइसोलेसनमा राख्ने, शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राख्ने तथा अन्य व्यक्तिलाई होम क्वारेन्टिनमा बस्ने गरि घर पठाउने,
२. कन्ट्याक्ट ट्रेसिंगलाई चुस्त र प्रभावकारी बनाउने,
३. जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउने, त्यसको निगरानी तथा अनुगमन गर्ने,
४. भारत, चीन, रुस, बेलायत, अमेरिका लगायतका देशसंग उच्चस्तरबाट पहल गरेर पुग्ने खोपको प्रबन्ध गर्ने,
५. लकडाउन तथा निषेधाज्ञा नगर्ने बातावरण मिलाउने।
त्यस्तै आम नागरिकले एउटा काम अनिबार्य गर्नुपर्दछ ।
१. जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्ने - सहि तरिकाले नाकमुख छोप्ने गरि मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, हात धुने र स्यानिटाइज गर्ने, खुला तथा भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने, भ्रम र हल्लाको पछि नलाग्ने, धेरै डर नमान्ने तथा सरकारले जारी गरेका निर्देशिका पालना गर्ने ।