प्रदेश १ मा ९६ जना डिस्चार्ज, ८० सङ्क्रमित

प्रदेश १ मा ९६ जना डिस्चार्ज, ८० सङ्क्रमित

२०७७, मंसिर २३ मंगलवार

  • 1.3K
    SHARES

  • प्रदेश १ मा ९६ जना डिस्चार्ज, ८० सङ्क्रमित

    मंसिर २३, विराटनगर । 

    पछिल्लो २४ घण्टामा प्रदेश नं। १ मा २३ जना महिलासहित ८० जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा २६ मध्ये विराटनगरमा १५, झापामा २२, सुनसरीमा १०, इलाममा सात, सङ्खुवासभा र ताप्लेजुङमा तीन/तीन, पाँचथरमा एक र प्रदेश बाहिरका आठ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

    सोही अवधिमा ९६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआइसोलेशनबाट ९३ र विराट मेडिकल कलेजबाट तीन जना छन् ।

    अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार २४६ पुगेको छ भने कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार २५० पुगेको मन्त्रालयले जनाएको छ ।

    अझै पनि सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेशमा पाँच हजार चार छन् । अहिलेसम्म कूल एक लाख ९६ हजार ७८४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

    २०७७, मंसिर २३ मंगलवार०६:५८:२१
    प्रतिक्रिया
    सम्बन्धित समाचार