काठमाडौं । अबदेखि उपत्यका प्रवेश गर्नका लागि एन्टीजेन परीक्षण अनिवार्य गर्नु पर्ने भएको छ ।
आइतबार बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका हुन् ।