उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यलाई कोरोना भाइरसको सङ्क्रमण

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यलाई कोरोना भाइरसको सङ्क्रमण

२०७८, बैशाख १ बुधवार

  • 1.3K
    SHARES

  • उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यलाई कोरोना भाइरसको सङ्क्रमण

    लखनउ । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्य कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।  

    आशङ्का लागेपछि कोरोना परीक्षण गर्दा उनलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले नै आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको तथ्य सार्वजनिक गरेका छन् ।  

    “मलाई कोरोना भाइरसबाट सङ्क्रमित भएका बेला देखिने केही लक्षणहरु देखिएपछि परीक्षण गरेकामा म कोरोना भाइरसबाट सङ्क्रमित भएको रिपोर्ट आएको छ”, मुख्यमन्त्री आदित्यले लेखेका छन् ।  

    सङ्क्रमण पुष्टि भएपछि आफू अहिले सेल्फ आइसोलेशनमा बसेको र कोरोना भाइरसको सङ्क्रमणकै कारण कुनै गाह्रो समस्या भने नभएको पनि उनले स्पष्ट पारेका छन् ।

    चिकित्सकहरुको सुझाव र सल्लाहअनुसारको जीवनशैली अहिले अपनाइरहेको र चिन्ता लिनुपर्ने अवस्था नरहेको मुख्यमन्त्री आदित्यले उल्लेख गरेका छन् । 

    उनले आफू सेल्फ आइसोलेशनमा रहे पनि भर्चुअल प्रणालीमार्फत बैठक, भेटघाट, छलफल र कुराकानीहरु गर्ने गरेको उनले जानकारी दिए ।

    मुख्यमन्त्री आदित्य सङ्क्रमित भएर आइसोलेशनमा बसे पनि सरकार सञ्चालन र त्यसका काम कारवाहीमा भने कुनै प्रभाव नपरेको अधिकारीहरुले जनाएका छन् । 

    उनले पछिल्लो केही दिनदेखि आफ्नो सम्पर्कमा रहेकाहरुलाई तत्काल कोरोना भाइरसको परीक्षण गराउनसमेत आह्वान गरेका छन् ।  

    उनीसँगै अन्य केही उच्च अधिकारी र उनको सम्पर्कमा रहेका केही व्यक्तिसमेत सङ्क्रमित भएको जनाइएको छ ।

    भारतको उत्तर प्रदेश राज्यमा मङ्गलबार मात्रै कम्तीमा १८ हजार २१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने अरु ८५ जनाको मृत्यु भएको छ । -एजेन्सी ।     

    २०७८, बैशाख १ बुधवार०७:२१:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार