काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १४९८ जना कोरोना संक्रमित थपिएका छन् ।
आज स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशैभर गरेर थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २८ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ ।