उपत्यकामा १९६६ सहित थप ४५२४ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

उपत्यकामा १९६६ सहित थप ४५२४ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

२०७८, बैशाख १४ मंगलवार

  • 1.1K
    SHARES

  • उपत्यकामा १९६६ सहित थप ४५२४ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १९६६ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६०२, भक्तपुरमा १२४ र ललितपुरमा २४० जना गरी १९६६ संक्रमित थपिएका छन्।

    त्यसै गरि देशभर पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।

    हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको छ ।

    कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।

    २०७८, बैशाख १४ मंगलवार०६:००:०७
    प्रतिक्रिया
    सम्बन्धित समाचार