उपत्यकामा २०४६ सहित देशभर थप ४८९७ जनामा कोरोना संक्रमण, १७ को मृत्यु

उपत्यकामा २०४६ सहित देशभर थप ४८९७ जनामा कोरोना संक्रमण, १७ को मृत्यु

२०७८, बैशाख १५ बुधवार

  • 1.3K
    SHARES

  • उपत्यकामा २०४६ सहित देशभर थप ४८९७ जनामा कोरोना संक्रमण, १७ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप दुई हजार ४६ जना नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ४६४, भक्तपुरमा ३५१ र ललितपुरमा २३२ जना संक्रमित थपिएका छन् ।

    त्यसैगरि देशभर चार हजार ८९७ संक्रमित थपिएका छन् । १४ हजार ८३४ वटा नमुनाको परीक्षण गरिएकोमा चार हजार ८९७ जनाको नतिजा पोजिटिभ आएको हो ।

    हाल ३१७ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    त्यस्तै कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । 

    २०७८, बैशाख १५ बुधवार०५:११:४८
    प्रतिक्रिया
    सम्बन्धित समाचार