८२ प्रतिशत कोरोना खोप धनी देशको कब्जामा : डब्ल्यूएचओ

८२ प्रतिशत कोरोना खोप धनी देशको कब्जामा : डब्ल्यूएचओ

२०७८, बैशाख १७ शुक्रवार

  • 1.1K
    SHARES

  • ८२ प्रतिशत कोरोना खोप धनी देशको कब्जामा : डब्ल्यूएचओ

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् ।

    विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओ भनाइ छ ।

    एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले सो अभिव्यक्ति दिएका हुन् । उनका अनुसार विश्वभर अझै पनि एक अरबभन्दा बढी कोरोनाविरुद्धको डोज छ ।

    उनले भने, ‘सच्याई यही हो । महामारीमा कोरोनाविरुद्धको खोप सबैको पहुँचमा पुर्‍याउने सबैभन्दा ठूलो चुनौति छ । किनभने यो राजनीतिक, आर्थिक र सामाजिक स्थिरताको कडी हो ।’

    २०७८, बैशाख १७ शुक्रवार०७:३०:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार