उपत्यकामा अहिले सम्मकै उच्च २९५६ सहित देशभर थप ५७२७ जनामा कोरोना संक्रमण

उपत्यकामा अहिले सम्मकै उच्च २९५६ सहित देशभर थप ५७२७ जनामा कोरोना संक्रमण

२०७८, बैशाख १७ शुक्रवार

  • 1.9K
    SHARES

  • उपत्यकामा अहिले सम्मकै उच्च २९५६ सहित देशभर थप ५७२७ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन थप २९५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । 

    त्यसै गरि देशभर पछिल्लो २४ घण्टामा ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।

    सक्रिय संक्रमितमध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोना भाइरस संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेका छन् ।

    हालसम्म मृतकको संख्या तीन हजार २४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९२८ रहेको छ ।

    २०७८, बैशाख १७ शुक्रवार०४:३८:२९
    प्रतिक्रिया
    सम्बन्धित समाचार