भारतमा फैलिएको नयाँ लहर डरलाग्दो हिसाबले फरक

भारतमा फैलिएको नयाँ लहर डरलाग्दो हिसाबले फरक

२०७८, बैशाख १८ शनिवार

  • 1.4K
    SHARES

  • भारतमा फैलिएको नयाँ लहर डरलाग्दो हिसाबले फरक

    वैशाख १८, काठमाडौं । यही अप्रिलमा नयाँ दिल्लीको केन्द्रमा रहेको सर गंगाराम अस्पतालमा खोप लगाएका ३७ चिकित्सकलाई पुनः कोभिड–१९ संक्रमण भयो। यीमध्ये अधिकांश चिकित्सकमा सामान्य लक्षण देखिएको थियो तर यो घटनाले भारतमा दोस्रो लहर ल्याउन जिम्मेवार भाइरस फरक छ भन्ने आशंकालाई पुष्टि गर्यो।

    प्रतिरक्षा प्रणालीलाई समेत छक्याइरहेको भाइरसको यही प्रजातिले भारतमा महामारी तीव्र बनाएको चिकित्सकको तर्क रह्यो। तर हालसम्म देखिएका प्रमाण निर्णायक छैनन् र अनुसन्धानकर्ताले अन्य कारण पनि यो महामारीका लागि जिम्मेवार हुन सक्ने बताएका छन्।

    महामारीले नयाँ दिल्लीको स्वास्थ्यसेवा प्रणाली तहसनहस पारेको छ भने शवदाहगृहमा लगातार चाप बढ्दो छ। यसो हुँदाहुँदै पनि यही भेरियन्टले महामारी नियन्त्रणलाई जटिल बनाइदिएको छ। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

    ‘कोभिड–१९ को यो लहरमा भाइरसको फरक क्लिनिकल व्यवहार देखिएको छ,’ सर गंगाराम अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. संजय साद भन्छन्। उक्त अस्पतालमा कार्यरत २ जना संक्रमित चिकित्सकलाई निको पार्न अतिरिक्त अक्सिजन दिनुपरेको थियो।

    ‘पछिल्लो महामारीले युवालाई असर गरेको छ, पूरै परिवारलाई असर गरेको छ। यो समग्रमा नौलो कुरा हो। यहाँसम्म कि २ महिनाका बालबालिकामा पनि संक्रमण देखिएको छ,’ डा.साद भन्छन्।

    भारतमा महामारी झन् उग्र हुँदैछ। बिहीबारमात्रै ३६ सयको मृत्यु भएको छ। भारतमा कुल मृतकको संख्या २ लाख नाघेको छ। विज्ञले मृतकको संख्या अझ बढी हुनसक्ने बताउँदै आएका छन्। भारतमा दैनिक संक्रमण ३ लाख ८० हजार नाघेको छ।

    आवश्यक स्वास्थ्य सामग्री र बेडको अभावमा अस्पतालले बिरामीलाई फर्काइरहेका यो अवस्थामा वैज्ञानिकले नयाँ भेरियन्टले महामारीमा कस्तो भूमिका खेलेको छ भनेर पत्ता लगाउने प्रयास जारी राखेका छन्। उनीहरू उपलब्ध थोरै तथ्यांकको आधारमा अध्ययन अगाडि बढाइरहेका छन्। अन्य देशमा झैं भारतमा पनि भाइरसलाई ट्र्याक गर्ने सुदृढ प्रणाली विकास भइसकेको छैन।

    भारतका अधिकांशको ध्यान बी.१.६१७ नामक भाइरसको भेरियन्टमा छ। सर्वसाधारण, सञ्चारमाध्यम तथा कतिपय चिकित्सकले यही भेरियन्टले महामारीलाई तीव्र बनाएको निष्कर्ष निकालेका छन्। तर भारतबाहिरका अनुसन्धानकर्ता उनीहरूसँग भएका सीमित तथ्यांकले बी.१.१.७ नामक भाइरसको अर्को भेरियन्ट यसका लागि जिम्मेवार रहेको ठान्छन्।

    यो भेरियन्टले गत वर्षको अन्त्यतिर बेलायतमा तहल्का मच्चाएको थियो भने युरोपको अधिकांश भूभागमा फैलिएको थियो। अमेरिकामा हाल संक्रमण बढाउनमा यही भेरियन्ट जिम्मेवार मानिएको छ।

    २०७८, बैशाख १८ शनिवार०८:०५:०९
    प्रतिक्रिया
    सम्बन्धित समाचार