मेडिकल कलेजमा संक्रमितको चाप,अक्सिजनसहितको वेड अभाव

मेडिकल कलेजमा संक्रमितको चाप,अक्सिजनसहितको वेड अभाव

२०७८, बैशाख १९ आइतवार

  • 1.6K
    SHARES

  • मेडिकल कलेजमा संक्रमितको चाप,अक्सिजनसहितको वेड अभाव

    वैशाख १९, नेपालगन्ज । कोरोना संक्रमितको उपचार गरिरहेको नेपालगन्ज मेडिकल कलेजले कोभिड वार्डलाई विस्तार गरेर चाडै ३ सय बेडमा पुर्यार्उन लागेको कुरा सार्वजनिक गर्यो।

    कलेजले तीन दिनअघि आफ्नो योजना सार्वजनिक गर्दै भन्यो, ‘मेडिकल कलेजमा आउने कुनै पनि कोभिडका बिरामी भर्ना हुन नपाएर अब फिर्ता जानुपर्ने छैन।’

    मेडिकल कलेजले अक्सिजनसहितको वार्ड विस्तार गर्न लागेको सुखद् खबरले कोरोना संक्रमणबाट छटपटाइरहेका धेरैले राहत महसुस गरे। त्यसपछि बाँकेसहित दाङ, बर्दिया, कैलाली, सुर्खेतलगायत जिल्लाबाट संक्रमितहरू मेडिकल कलेजमा पुग्न थाले।

    जिल्लाबाहिरका अस्पतालले पनि गम्भीर खालका संक्रमितलाई थप उपचारका लागि धमाधम मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमै रेफर गरे।

    मेडिकल कलेजमा कोरोना संक्रमितको चाप यसरी बढ्यो कि अहिले शिक्षण अस्पतालले थेग्नै सकेको छैन। यो समाचार आजको नागरिक दैनिकमा अर्जुन ओलीले लेखेका छन् । 

    मेडिकल कलेज प्रशासनका अनुसार शुक्रबारसम्म शिक्षण अस्पताल कोहलपुरमा १ सय ४ जना संक्रमित भर्ना भएका छन्। तर, जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको रेर्कडअनुसार उक्त अस्पतालको कोभिड वार्डमा हाल ४७ पुरुष र २७ महिला गरी ७४ जना मात्र भर्ना भएको देखिन्छ।

    यसमध्ये ३१ जना सिकिस्त छन्। अन्य संक्रमित अस्पतालको इमेरजेन्सीलगायत विभिन्न वार्डमा समेत भर्ना भएका छन्। मेडिकल कलेजमा हाल भेन्टिलेटर, आइसियु र अक्सिजन सुविधासहितको १ सय बेडको कोभिड वार्ड सञ्चालनमा छ।

    २०७८, बैशाख १९ आइतवार०८:१३:२०
    प्रतिक्रिया
    सम्बन्धित समाचार