गंगालाल रास्ट्रिय हृदय रोग केन्द्रमा अक्सिजन उत्पादन शुरु

गंगालाल रास्ट्रिय हृदय रोग केन्द्रमा अक्सिजन उत्पादन शुरु

२०७८, बैशाख २० सोमवार

  • 2.7K
    SHARES

  • गंगालाल रास्ट्रिय हृदय रोग केन्द्रमा अक्सिजन उत्पादन शुरु

    वैशाख २०, काठमाडौं । कोरोना महामारीको हटस्पट बनिरहेको काठमाडौंमा कोरोना संक्रमितहरुका लागि अति नै आवश्यक अक्सिजन प्लान्ट स्थापना भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ३ स्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र अस्पतालमा आइतवार स्थापना भएको हो।

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गंगालाल मुटुरोग अस्पतालमा आयोजित कार्यक्रममा उदघाटन गरेपछि अक्सिजन प्लान्टव्दारा अक्सिजन उत्पादन शुभारम्भ भएको हो । काठमाडौं महानगरपालिकाको करीव २ करोड ७५ लाख रुपैयाँ अनुदानमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट आइतवारदेखि अक्सिजन उत्पादन शुरु भएको छ ।

    ४७ लिटरका १३५ सिलिण्डर दैनिक अक्सिजन उत्पादन गर्ने यस प्लान्टको क्षमता रहेको छ । यसमध्ये गंगालालमा दैनिक करीब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिने अस्पतालले जनाएको छ।

    गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले गंगालालले विरामीसँग अक्सिजनको पैसा लिँदैन र भेन्टिलेटरको पनि पैसा नलिने गरेको खुलासा गरेका छन्। यो निःशुल्क सेवा सञ्चालन गर्न महानगरले गरेको सहयोग उल्लेख्यनिय रहेको डा.अधिकारीको भनाई छ।

    २०७८, बैशाख २० सोमवार०९:०३:०३
    प्रतिक्रिया
    सम्बन्धित समाचार