काठमाडौं उपत्यकामा ३६६६ सहित देशभर थप ७४४८ जनामा कोरोना संक्रमण 

काठमाडौं उपत्यकामा ३६६६ सहित देशभर थप ७४४८ जनामा कोरोना संक्रमण 

२०७८, बैशाख २० सोमवार

  • 1.1K
    SHARES

  • काठमाडौं उपत्यकामा ३६६६ सहित देशभर थप ७४४८ जनामा कोरोना संक्रमण 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

    त्यसै गरि देशभर थप ७ हजार ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या३ लाख ४३ हजार ४१८  पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ ।

    २०७८, बैशाख २० सोमवार०५:४७:१९
    प्रतिक्रिया
    सम्बन्धित समाचार