रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेमा कारवाही

रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेमा कारवाही

२०७८, बैशाख २१ मंगलवार

  • 1.2K
    SHARES

  • रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेमा कारवाही

    काठमाडौँ । औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने भएको छ ।

    विभागका महानिर्देशक वसन्त भट्टराईले सोमवार सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने जनाए ।  

    उनले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गरिने बताए ।  

    विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न-नगराउन तथा तोकेको खुद्रा मूल्यभन्दा बढीमा खरीद नगर्न सबैमा आग्रहसमेत गरेको छ ।

    अहिले सङ्क्रमण बढिरहेका अवस्थामा रेम्डिसिभिरलाई बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । रेम्डिसिभिरको एक मात्राका लागि करीब रु पाँच हजार पर्छ  । 

    २०७८, बैशाख २१ मंगलवार०७:१२:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार