ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गत शुक्रवार स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पोजेटिभ आएको हो ।
निरौलाका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल ललितपुर जिल्ला प्रशासन कार्यालयकै क्वाटर आइसोलेसनमा बसेर प्रविधिको प्रयोग गरी महामारीविरुद्धको अभियानमा सक्रिय छन् ।