केएमसीले तोक्यो कोभिड उपचारको न्युनतम मूल्य प्रतिदिन रु २० हजार

केएमसीले तोक्यो कोभिड उपचारको न्युनतम मूल्य प्रतिदिन रु २० हजार

२०७८, बैशाख २१ मंगलवार

  • 1.3K
    SHARES

  • केएमसीले तोक्यो कोभिड उपचारको न्युनतम मूल्य प्रतिदिन रु २० हजार

    काठमाडौं । कोभिड-१९ उपचारका लागि केएमसी अस्पतालले उपचार रकम सार्वजनिक गरेको छ ।  

    वैशाख १९ गते सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले निर्णय गर्दै कोभिड उपचारका लागि थप कोभिड क्याविन व्यवस्थापन गरेको हो ।

    उक्त दिनको ६ः०० बजेबाटै लागु गरिएको सो निर्णयानुसार क्याबिन सिंगल बेडका लागि प्रति दिन रु २० हजार, डबल बेड प्रतिदिन रु १० हजार, क्याबिन डिलक्स प्रतिदिन रु २५ हजार र क्याविन सुपर डिलक्स प्रतिदिन रु ३० हजार कायम गरिएको वरिष्ठ प्रशासक प्रेम प्रकाश थापाद्धारा हस्ताक्षरित सूचनामा जनाईएको छ । 

    केएमसीको उक्त निर्णयलाई लिएर सामाजिक संजालमा लुटतन्त्रको पराकाष्ठा भन्दै आक्रोश व्यक्त गरिएको छ । 

    सरकारले वैशाख २० गते एक निर्णय गर्दै महिनाभरि काम गरेका श्रमिकलाई सम्बोधन गर्न साउन १ गतेबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मूल्य प्रति महिना १५ हजार पुर्याएको छ ।

    यद्यपि कोरोना महामारीले व्यवसाय नै धरासायी भएको अवस्थामा पहिला कायम रहेको स्केल १३ हजार ४५० नै तिर्न गार्हो बन्दै गएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले विरोध गरिरहेका छन् ।

    अस्पतालको निर्णयले श्रमिक तथा निम्न आय भएका कोभिड बिरामीका लागि उपचारै गर्न नसक्ने अवस्था सृजना भएको पाइएको छ । स्रोत: सामाजिक संजाल

    kmc dec.jpg

    २०७८, बैशाख २१ मंगलवार०७:११:२८
    प्रतिक्रिया
    सम्बन्धित समाचार