काठमाडौं । हाल २२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। वाग्मती प्रदेशका आठ, लुम्बिनी प्रदेशमा छ, प्रदेश नं १ का तीन र अन्य चार प्रदेशका एक-एक जिल्लामा अहिले उच्च सङ्ख्यामा सक्रिय सङ्क्रमित रहेका हुन्।
थप २१ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।
शुक्रवार पुष्टि भएको सङ्क्रमितहरूमध्ये २०४ जना १० वर्षभन्दा मुनिका, ६०० जना १० देखि १९ वर्षका र ४,४०१ जना २० देखि ३९ वर्षका छन्।
त्यस्तै ४० देखि ४९ वर्षका १,५७३, ५० देखि ५९ वर्षका १,१९९ र ७० वर्षभन्दा माथिका ३६६ जनामा सङ्क्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकामा तीन जिल्लामा कुल ३४,६०० जनाभन्दा केही बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन्। तथ्यांकमा :
काठमाडौं : २५,९४०
भक्तपुरः ३,२५२
ललितपुरः ५,४२९
उपत्यकामा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या देशभरि भएका सङ्क्रमितको कुल सङ्ख्याको ४४ प्रतिशत हो।
राजधानी उपत्यकामा अहिलेसम्म १,२१४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्क छ।
काठमाडौं: ८१४
भक्तपुरः १६८
ललितपुरः २३२
यो देशभरि कोभिड-१९ का कारण मृत्यु हुनेको कुल सङ्ख्याको एकतिहाइ हो।