काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३,११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं उपत्यकामा ३ हजार १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये २२७० काठमाडौँका, ३८१ भक्तपुरका र ४६२ ललितपुरका रहेका छन् ।
आज देशभर कोरोनाका कारण ५३ जनाको मृत्यु भएको छ ।