पुर्व प्रधानमन्त्री झलनाथ खनाल कोरोना सङ्क्रमणमुक्त

पुर्व प्रधानमन्त्री झलनाथ खनाल कोरोना सङ्क्रमणमुक्त

२०७८, बैशाख २७ सोमवार

  • 3.4K
    SHARES

  • पुर्व प्रधानमन्त्री झलनाथ खनाल कोरोना सङ्क्रमणमुक्त

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन् ।  

    उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण नदेखिएको बताए । उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनेछन् ।

    सङ्क्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए । 

    २०७८, बैशाख २७ सोमवार०९:३०:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार