काठमाडौं । नेपाल मेडिकल कलेज टिचिंग अस्पताल जोरपाटीमा अक्सिजनको चरम अभाव भएको छ ।
अस्पतालले एक सूचना जारी गर्दै अस्पतालमा मौज्दात रहेको अक्सिजन आज साँझ ४ बजे सम्मका लागि मात्र पुग्ने भएकोले विरामीहरुलाई आवश्यक प्रवन्ध गरी डिस्चार्ज हुन् अनुरोध गरेको छ।
अस्पतालमा अक्सिजन सप्लाई गर्ने श्री सोपान फार्माको अक्सिजन उत्पादन गर्ने मेसिन बिग्रिएको र अन्यत्रबाट पनि अक्सिजन उपलव्ध हुने सम्भावना न्यून रहेकोले विरामी डिस्चार्ज गर्नुपर्ने दुखद स्थितिमा पुगेको जानकारी दिदै नेपाल मेडिकल कलेजले सो अवस्थाको वारेमा सरोकारवाला निकायलाई जानकारी गराएको समेत बताएको छ ।
