काठमाडौं । जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता नेपालका लागि कठिन रहेको उल्लेख गरेका छन् ।
उनले आगामी तीन हप्ता घरमै बस्न पनि सुझाव दिएका छन् । तीन हप्ता सावधानी अप्नाएमा त्यसपछि संक्रमणदर घट्दै जाने उनको विश्वास छ ।
जीवनको तुलनामा दुःख सानो भएको उल्लेख गर्दै उनले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्कन पनि आग्रह गरेका छन् । उनले पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन आग्रह गरे ।
"यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगर्न पनि डा पाण्डेको सुझाव छ । सरकारले कडाइ गरेको हाम्रै जिवन बचाउनका लागि हो, तसर्थ हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं," पाण्डेले अपिल गरेका छन् ।