मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

२०७८, बैशाख २९ बुधवार

  • 1.2K
    SHARES

  • मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

    भक्तपुर । मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ ।

    अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले मंगलवार विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाए ।

    अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो ।

    अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएको अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले बताए ।

    २०७८, बैशाख २९ बुधवार०७:१५:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार