काठमाडौं । अस्पतालमा अक्सिजन नपाएर बिरामी मरेका घटना बढ्न थालेपछि सिसिएमसी चिन्तित देखिएको छ ।
उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलले अस्पतालहरुमा अक्सिजनको कमी भएमा हटलाइन नम्बरहरुमा फोन गर्न भनेका छन् । पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले फेसबुकबाटै हटलाइन नम्बरहरु सार्वजनिक गरेका छन् ।
सरकारले केहि दिन अघि मात्रै अक्सिजन वितरण गर्ने अधिकार स्वास्थ्य मन्त्रालयबाट सीसीएमसीलाई सुम्पिएको थियो ।
सीसीएमसीले नै हाल अक्सिजनको जोहो गर्दै देशभरका अस्पतालहरुलाई वितरण गर्दै आएको छ । मंगलबार मात्रै सीसीएमसी संयोजक पोखरेलले निजी क्षेत्रसँग पर्याप्त मात्रामा अक्सिजन उत्पादन र सहज वितरणका उपायबारे छलफल गरेका थिए ।
अस्पतालहरुले अक्सिजनका लागि अब ११५४ र ११४० नम्बरमा फोन गर्नुपर्नेछ ।
यता निजी क्षेत्रले भने सरकारले अक्सिजनको जिम्मेवारी लिएपछि समग्र प्रणाली बिथोलिएको आरोप लगाउँदै आएका छन् ।
निजी क्षेत्रको कमिसन खोसिएपछि स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा अस्पतालले देखाएको व्यवहार सहि नभएको मान्नेहरु पनि प्रशस्त छन् ।