काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३,३४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २,४५८ जना, भक्तपुरमा ३३५ जना र ललितपुरमा ५५६ जना कोरोना संक्रमित भेटिएका छन् ।
बिहीबार देशभर थप ८,५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।