सेनाले विराटनगरबाट ४५९ सिलिण्डर अक्सिजन काठमाडौँ ल्यायो

सेनाले विराटनगरबाट ४५९ सिलिण्डर अक्सिजन काठमाडौँ ल्यायो

२०७८, जेठ १ शनिवार

  • 1.2K
    SHARES

  • सेनाले विराटनगरबाट ४५९ सिलिण्डर अक्सिजन काठमाडौँ ल्यायो

    काठमाडौँ । सेनाले शुक्रवार गृहमन्त्रालयको संयोजनमा कासा विमानमार्फत ५९ सिलिण्डर अक्सिजन विराटनगरबाट काठमाडौँ ल्याएको छ ।

    कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र ९सीसीएमसी०को संयोजनमा सेनाले बिहीबार पनि विराटनगरबाट ६० सिलिण्डर विमानद्वारा र ३४० सिलिण्डर अक्सिजन ट्रकमार्फत ढुवानी गरी काठमाडौँ ल्याएको थियो ।

    विराटनगरबाट हिजो र आज काठमाडौँ ल्याइएको अक्सिजन आवश्यकताका आधारमा काठमाडौँ उपत्यकाका विभिन्न अस्पताललाई उपलब्ध गराइने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । 

    केही दिनअघि पनि सेनाले बाराको सिमराबाट आफनो संयन्त्रमार्फत अक्सिजन सिलिण्डर सङ्कलन गरी हेलिकप्टरद्वारा तुरुन्त ढुवानी गरी रुपन्देहीका विभिन्न अस्पताललाई उपलब्ध गराएको थियो ।

    पछिल्ला केही दिनमा मुलुकका विभिन्न अस्पतालमा अक्सिजनको अभावमा बिरामीको उपचारमा समस्या देखिएपछि अक्सिजनको व्यवस्थापन र ढुवानीलाई सेनाले पहिलो प्रथामिकतामा राखेर काम गर्दै आएको छ ।

    २०७८, जेठ १ शनिवार०७:१८:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार