काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुमा काठमाडौंमा २ हजार १४६ जना,ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ संक्रमित थपिएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा पाँच हजार ४५५ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।