मंसिर २७, काठमाडौ ।
पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५,२४२ नमुनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका जनाइएको छ ।
यो सँगै नेपालमा हालसम्म पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या २,४७,५९३ पुगेको छ।
मन्त्रालयकानुसार विगत २४ घण्टाको अवधिमा थप १,३५९ जना सङ्क्रमणमुक्त भएको उल्लेख छ।
अहिलेसम्म कुल २,३४,२३१ जना सङ्क्रमित निको भइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयको विवरण अनुसार हाल देशभर ५१९ जना क्वारन्टिनमा रहेका छन् भने ११,६७३ आइसोलेशनमा बसिरहेका छन्।