भारतमा ओरालो लाग्दै कोरोनाः एकै दिन दुइ लाख भन्दा कम व्यक्तिमा संक्रमण 

भारतमा ओरालो लाग्दै कोरोनाः एकै दिन दुइ लाख भन्दा कम व्यक्तिमा संक्रमण 

२०७८, जेठ ११ मंगलवार

  • 1.8K
    SHARES

  • भारतमा ओरालो लाग्दै कोरोनाः एकै दिन दुइ लाख भन्दा कम व्यक्तिमा संक्रमण 

    नयाँ दिल्ली । भारतमा पछिल्ला केही दिनदेखि कोभिड–१९ बाट संक्रमितको संख्या भने घटेको छ । गत २४ घण्टामा एक लाख ९६ हजार ४२७ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ ।  भारतमा दुइ लाख भन्दा कम व्यक्तिमा कोरोना सक्रमण भेटिएको ४० दिनयता हिजो पहिलो पटक हो । 

    कोरोना शुरु भएयता हालसम्म यहाँ दुइ करोड ६९ लाख २४ हजार  ८७४  जनामा कोरोना संक्रमण भइसकेको छ ।  भारतमा अझै पनि २५ लाख ८६ हजार ७८२ जनामा सक्रिय संक्रमित रहेका छन् । 

    भारतमा कोरोनाभाइरस महामारीबाट विगत २४ घण्टामा थप तीन  हजार ७४१ जनाको मृत्यु भएको मन्त्रालयले मंगलबार जनाएको छ । हिजो  सोमबार केही दिनयताको तुलनामा मृतकको संख्यामा पनि कमि आएको बताइएको छ । ु भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ । 

    भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । कोभिड–१९ को दोस्रो लहर निकै घातक रहेको र बिरामीलाई तत्कालै अक्सिजन दिनुपर्ने देखिएको छ । विज्ञहरुको भनाईमा भारत सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी संख्यामा कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । यद्यपी यसको प्रष्ट विवरण प्राप्त भइसकेको छैन । 

    भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म करिब १९ करोड ८५ लाख ३८ हजार९९९ डोज खोप लगाइएको छ । एजेन्सी । 

    २०७८, जेठ ११ मंगलवार०३:१९:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार