काठमाडौं महानगर ३१ वडामा ६४९९ जनाले लगाए कोभिड विरुद्धको खोप

काठमाडौं महानगर ३१ वडामा ६४९९ जनाले लगाए कोभिड विरुद्धको खोप

२०७८, जेठ १२ बुधवार

  • 1.7K
    SHARES

  • काठमाडौं महानगर ३१ वडामा ६४९९ जनाले लगाए कोभिड विरुद्धको खोप

    काठमाडौं । कोभिड विरुद्धको दोस्रो चरणको खोप लगाउने काम सम्पन्न भएको छ ।

    जेठ २ गतेबाट शुरु भएको दश दिने कोभिड-१९ विरुद्धको खोप अभियान भेरोसेल दोस्रो डोज मंगलवार सम्पन्न भएको हो ।

    यस अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाको ३१ नं वडामा ६४९९ जनाले दोस्रो डोज खोप लगाएका वडा अध्यक्ष नारायण भण्डारीले बताए ।

    भिमसेनगोला माध्यमिक विद्यालय वानेश्वरको प्रांगणमा लगाइएको खोपका लागि काठमाडौं महानगरपालिकाले संयोजन गरेको थियो ।

    खोप अभियान अवधिभर निजामती अस्पताल मिनभवन, देउराली क्लव, चौतारी युवा क्लव लगाएतका संस्थाहरुको सहयोग पनि उल्लेखनिय रहेको अध्यक्ष भण्डारीले बताएका छन् ।

    २०७८, जेठ १२ बुधवार०९:१७:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार